गार्डियन माइक्रो लाइफको साधारणसभा पुस १४ गते बस्ने, शेयरधनीलाई छैन लाभांश

२२ मंसिर २०८२, सोमबार १०:३३

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १४ गते तेस्रो वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

कम्पनीले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ भने हाल कायम चुक्ता पूँजी ७५ करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साधारणसभा प्रयोजनार्थ मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने पनि बैठकले निर्णय गरेको छ। बुक क्लोजका आधारमा मंसिर २५ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*