बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
२२ मंसिर २०८२, सोमबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला तीन हजार ५८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।













