सचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस

२२ मंसिर २०८२, सोमबार १४:०३

काठमाडौँ । लोकसेवा आयोगले सचिवमा बढुवा गर्न तीन जनाको नाम सिफारिस गरेको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले तीन जनाको नाम सिफारिस गरेको हो।

बढुवा सिफारिस समितिले सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको जनाएको छ।

सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताको रूपमा कार्यरत छन्। भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक रहेका छन् भने घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्। अब मन्त्रिपरिषद् बैठकले तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ।

राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा गएका थिए । उनीहरुको अवकाशपछि मन्त्रिपरिषद्ले वैकुण्ठप्रसाद अर्याललाई सचिव र रक्षा सचिव सुमनराज अर्याललाई मुख्यसचिवमा बढुवा गरेको थियो। त्यसपछि रिक्त सचिव पदमा तीन सहसचिवमध्ये एकलाई बढुवा गर्न सिफारिस गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*