बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२२ मंसिर २०८२, सोमबार १५:१५

काठमाडौँ । शेयर बजार लगातार ६ दिनसम्म ओरालो लागेको छ । बजार निरन्तर खुम्चि रहदा लगानीकर्ताको मनोबल कमजोर भइरहेको हो ।

नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ३.०२ अकंले घटेर २६०६.६७ बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको १ करोड १ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।

बजार घटेपनि केहि कम्पनीको शेयर मूल्यमा भने उच्च सुधार देखिरहेको हो । आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार अप्पर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगरको शेयरमा सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*