सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
२२ मंसिर २०८२, सोमबार १६:५८

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। बैंकको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो ।
सोमबार कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४०५ रुपैयाँ ८० पैसालाई आधार मानेर मूल्य समायोजन भएको छ। समायोजन पश्चात कम्पनीको मूल्य ३८६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
अब भोलि अर्थात् मंगलबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।













