२६ करोडको आईपीओ ल्याउन रिज लाइन इनर्जीलाई अनुमति
२२ मंसिर २०८२, सोमबार १७:४७

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ ।
कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।













