राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
२३ मंसिर २०८२, मंगलवार ०९:३९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले काठमाडौंमा प्रदर्शन गर्दैछ।
प्रदर्शन काठमाडौंको शान्तिबाटिकामा बिहान ११ बजेदेखि आयोजना गरिने तयारी थालिएको छ। राप्रपाले राजसंस्था पुनःस्थापना, हिन्दू राज्य, संघीयता खारेज लगायतका माग गर्दै प्रदर्शन गर्न लागेको हो।
राप्रपाले राजनीतिक दल, वर्तमान नागरिक सरकार र जेन जीका बीचमा नवीन साझेदारीका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागेको बताएको छ। राप्रपाले प्रदर्शन शान्तिपूर्ण हुने र प्रहरी र स्थानीय प्रशासनसँग साझेदारी भएको बताएको छ।













