बन्द भएको तारागाउँ रिजेन्सी होटल्सले ५ प्रतिशत लाभांश दिने
२३ मंसिर २०८२, मंगलवार १०:२४

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोडमा परेर बन्द भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय होटल्सले पुस २३ गते गर्न लागेको साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव गीता दाहालले जानकारी दिएकी छिन्।













