मंगलबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
२३ मंसिर २०८२, मंगलवार १०:४०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।













