श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कामु सीईओमा अनिल जोशी
२३ मंसिर २०८२, मंगलवार ११:२२

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले अनिल जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत को जिम्मेवारी दिएको छ ।मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई उक्त जिम्मेवारी दिएको हो ।
पूर्व प्रमुख कार्यकारी अधिकृत लिलामणि न्यौपानेको दोस्रो कार्यकाल मंसिर २२ गतेदेखि सकिएको छ । अर्को व्यवस्था नहुँदासम्म अनिल जोशीलाई सीईओको जिम्मेवारी प्रदान गरिएको हो ।













