एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?
२३ मंसिर २०८२, मंगलवार १२:२८

काठमाडौँ । एसवाई प्यानल नेपालको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको एक करोड ३० लाख ८१ हजार३७१ कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ५२ लाख ३२ हजार ५४५ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएपछि बुधबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.६१ रुपैयाँदेखि ३१९.८३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। कम्पनीको शेयर SYPNL सिम्बलबाट कारोबार हुने छ।
कोरियन लगानीमा स्थापित एसवाई प्यानल, सुदृढ वित्तीय अवस्थाले मच्चाउला शेयर बजारमा तान्डव ?













