स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ
२३ मंसिर २०८२, मंगलवार १२:३६

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ बाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सितामढी ग्राम पंचायत सोनवर्सा–२ बस्ने २९ वर्षीय धर्मेन्द्र महतो रहेका छन्। उनलाई भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० वाई ३२८७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा आइतबार दिउँसो पक्राउ गरेको हो।
प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीको टोलीले उनलाई स्रोत खुलेको रकम सहित नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।













