रुपन्देहीका शोभाखर चालिसेले जन्मदिनमा श्रीमतीलाई दिए २० लाखको जीवन बीमा उपहार

काठमाडौँ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ८, अन्नपुर्णटोलका शोभाखर चालिसेले आफ्नी श्रीमती लक्ष्मी आचार्य चालिसेको जन्मदिनको अवसरमा २० लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन्।
सिटिजन लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी मेनेजर मिना वाग्लेले आजको सानो बचतले भविष्यमा आर्थिक सुरक्षा दिने र आवश्यक पर्दा सहयोग पुग्ने बताइन्। चालिसेले पनि आफ्नो सानो रकमलाई समयमै सदुपयोग गर्दै भविष्यका लागि जीवन बीमा गराउनुको महत्व रहेको बताए। उनले जीवन बीमा पोलिसी उपहार दिँदा आफ्नो परिवारको आर्थिक सुरक्षा सुनिश्चित हुने र बचत गर्ने बानी समेत विकसित हुने बताए।
भैरहवा शाखाका शाखा प्रमुख गिरिजा खनालले जीवन बीमा नगद वा जिन्सी सामानको उपहारभन्दा फरक रूपमा परिवारलाई दीर्घकालीन सुरक्षा दिन सक्ने भएकाले सबै वर्गका मानिसलाई जीवन बीमाको दायरामा अनिवार्य रुपमा आउन आग्रह गरे। उनले भने, ‘बीमाले धनी बनाउन नसके पनि परिवारलाई गरिब बनाउन भने दिंदैन र आवश्यक परेको बेला आर्थिक सुरक्षा सुनिश्चित गर्छ।’
सिनियर एजेन्सी मेनेजर मिना बाग्लेले पनि जीवन बीमा गर्दा भविष्यमा आर्थिक सुरक्षा र स्वतन्त्रताको सुनिश्चितता हुने भएकाले जीवन बीमा गर्न उत्तम विकल्प भएको बताइन्।













