यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय
२३ मंसिर २०८२, मंगलवार १६:२८

काठमाडौँ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख १८ निर्णय सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्णयहरूको विवरण सार्वजनिक गरेका हुन् ।
मन्त्री खरेलका अनुसार मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । आर्थिक प्रशासन तथा वित्तीय पारदर्शिता सुदृढ बनाउने उद्देश्यले नियमावली संशोधन गरिएको मन्त्री खरेलले जानकारी दिए ।















