रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई तीन नयाँ सेवाको अनुमति

२३ मंसिर २०८२, मंगलवार १७:२६

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा विक्री प्रवन्धक शेयर रजिष्ट्रेशन र संस्थागत परामर्श सेवा सम्वन्धि कार्यहरु गर्ने अनुमति प्राप्त गरेको छ ।

कम्पनीले यस अधि धितोपत्र प्रत्यभूति, लगानी व्यवस्थापन सम्वन्धि कार्यहरु गर्दै आएको थियो ।

बीमा क्षेत्रवाट पहिलो सामुहिक लगानी कोष रिलायवल सामूहिक लगानी कोष अन्तर्गत रिलायवल समृद्धि योजना नामको पहिलो सामूहिक लगानी योजना संचालन गरी रहेको छ ।

थप इजाजतपत्रले कम्पनीले आगामी दिनहरुमा मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा थप गुणस्तरीय सेवा प्रदान गरीने प्रतिबद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*