किलोमै ४५ रुपैयाँले महंगियो हरियो छ्यापी, अन्य तरकारीको कति?

२४ मंसिर २०८२, बुधबार ०८:५९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो छ्यापीको भाउ एकैदिन ४५ रुपैयाँले बढेर २१० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ भने सुकेको छ्यापीको भाउ ४५ रुपैयाँले घटेर १६५ रुपैयाँमा झरेको छ।

आज हरियो धनियाँको भाउ १५ रुपैयाँले घटेर ६५ रुपैयाँ, हरियो लसुनको भाउ १० रुपैयाँले घटेर ८० रुपैयाँ, ब्रोकाउलीको भाउ ३४ रुपैयाँले घटेर १०२ रुपैयाँ, पिंडालूको भाउ २० रुपैयाँले घटेर ८० रुपैयाँ र इस्कुसको भाउ ८ रुपैयाँले घटेर २७ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी आज हरियो डल्ले फर्सी, तोरीको साग, सिमी, डल्लो भन्टा, स्थानीय काउली, बन्दा, आलु, लोकल गोलभेंडा लगायतको भाउ घटेको छ भने मकै बोडी, परवर, लौका, भिण्डी, लोकल काँक्रो, नेपाली मेवा लगायतका हरियो तरकारी र फलफूलको भाउ बढेको छ।

हेरौं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*