हकप्रद प्रस्ताव सहित चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा

२४ मंसिर २०८२, बुधबार १०:००

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २३ गते बुधबार काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान १० बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ।

लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी सञ्चालक समितिले गत आर्थिक वर्षमा गरेका निर्णयहरू अनुमोदन गर्ने, उपयुक्त आयोजना पहिचान गरी लगानी गर्ने, कम्पनीको ऋण भुक्तानी गर्ने, पूँजी संरचना संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*