श्रीनगर एग्रिटेकको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२४ मंसिर २०८२, बुधबार १५:०८

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार विभिन्न सेक्टरका ३२९ वटा कम्पनीहरुको तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार श्रीनगर एग्रिटेक इन्डस्ट्रीजको २६ करोड ३९ लाख रुपैयाँ, ङादी ग्रुपको १७ करोड ८ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ११ करोड ६१ लाख रुपैयाँ, सागर डिस्टीलरीको १० करोड ६९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।














