स्वस्तिक लघुवित्तसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
२४ मंसिर २०८२, बुधबार १५:२३

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि तीन कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि विकास कम्पनी र एसवाई प्यानलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज लक्ष्मी लघुवित्तको ८.७६ प्रतिशत, थ्रीस्टार लघुवित्तको ७.१४ प्रतिशत, तेह«थुम पावर कम्पनीको २.८४ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।














