वैदेशिक रोजगार विभागमा सेवाग्राहीहरुलाई दुःख हैरानी दिने १३ जना विचौलिया प्रहरी फन्दामा

काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलबाट विचौलियाको काम गर्ने १३ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार १३ जनालाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा विचौलियाले घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गर्ने, हामी सजिलै काम गरिदिछौं भन्दै नागरिकलाई लुट्ने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रम स्वीकृतीका लागि विभागमा जाने सेवाग्राहीहरुलाई दुःख हैरानी दिइ बिचौलिया प्रयोग गर्न बाध्य बनाउने गरेको प्रहरीले बताएको छ । पक्राउ पुर्जी जारी गरिदिन सहयोग गर्ने साथै वैदैशिक रोजगार मुद्दाका संलग्नहरूलाई आफ्नो समूहले पक्राउ गरिदिने जस्ता झुट्ठा प्रलोभन देखाइ मोलमोलाइ गर्ने गरेको प्रहरीले बताएको छ ।













