फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा
२५ मंसिर २०८२, बिहीबार ०९:३९

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम कुल चुक्ता पूँजीको ६.५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको हो।
यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।
1765370852361












