नेपाल लाइफको २१ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

२५ मंसिर २०८२, बिहीबार १०:२२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कमपनीको अब हुने २६औं वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव विनोदकुमार भुजेलले जानकारी दिएका छन्।

1765427012939

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*