सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पायो आईपीओ निष्कासनको अनुमति
२५ मंसिर २०८२, बिहीबार १३:२०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा १३ लाख ७९ हजार ३५० कित्ता जारी गर्ने बोर्डले मंसिर २५ मा निष्कासन अनुमति दिएको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।













