नयाँ बसपार्कमा यात्रु लुटपाट रोक्न प्रहरीको कडा अभियान, एकैदिन ४६ जना पक्राउ

२५ मंसिर २०८२, बिहीबार १३:३६

काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा यात्रुहरुलाई जथाभावी झोला तानेर हैरानी दिने तथा शंकास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले बुधबार साँझ गोँगबुस्थित नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पछिल्लो समय नयाँ बसपार्कमा यात्रुहरूलाई लक्षित गरी गिरोह नै बनाएर झोला तान्ने, सामान छिन्ने तथा अन्य असामाजिक गतिविधि गर्ने समूह सक्रिय रहेको भन्ने सूचनाका आधारमा विशेष निगरानी बढाइएको थियो। त्यसकै क्रममा शंकास्पद रूपमा बसपार्क वरिपरि घुमफिर गर्ने, यात्रुलाई अनावश्यक रूपमा पछ्याउने र सामान तान्ने क्रम देखिएकाले ४६ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरीले जनाएको छ।

यात्रीहरुको सुरक्षामा निरन्तर चुनौती देखिन थालेपछि प्रहरीले बसपार्क क्षेत्रमा गस्ती तथा चेकजाँच थप कडा गरेको छ। पक्राउ परेकाहरूलाई आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*