शिवम् सिमेन्ट्सको दशौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२५ मंसिर २०८२, बिहीबार १४:०६

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा मंसिर २५ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सभा सम्पन्न भएको हो ।

उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।

यसका साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ ।

त्यसैगरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, कम्पनीका आधारभूत शेयरधनी तथा सञ्चालक वा कम्पनीसँग सम्बद्ध रहेको संस्थासँग गरेको कारोबार अनुमोदन गर्ने, १ जना सञ्चालकको नियुक्ति गर्ने र प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा सहभागि भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*