आज एकैदिन ६ कम्पनीको साधारणसभा बस्दै, ३ कम्पनीले लाभांश बाँड्ने

२६ मंसिर २०८२, शुक्रबार ०६:२०

काठमाडौं । आज मंसिर २६ गते एकैदिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, सर्वाेत्तम सिमेन्ट लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र शुभम पावर लिमिटेडको वार्षिक साधारणसभा बस्दैछ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सत्रौं वार्षिक साधारणसभा आज रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.के प्रा.लि मा दिउँसो साढे १२ बजे बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

वरुण हाइड्रोपावर कम्पनीको २२औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

सर्वाेत्तम सिमेन्टको सातौं वार्षिक साधारणसभा आज रुपन्देहीको भैरहवास्थित होटल सिद्धार्थ भिलासमा बिहान ११ बजे बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रप्तिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले मंसिर १२ गते एक दिन बुक क्लोज गरिसकेको छ। तसर्थ मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

सगरमाथा जलविद्युत कम्पनीको पाँचौं वार्षिक साधारणसभा आज काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजे बस्दैछ। लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस कम्पनीको सभाले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद निष्कासनको प्रस्ताव पारित गर्नेछ। सभा प्रयोजनार्थ यस कम्पनीले मंसिर १४ गते एक दिन बुक क्लोज गरिसकेको छ।

मकर जितुमाया सुरी हाइड्रोपावरको १७औं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित सूर्य इभेन्टमा बिहान साढे १० बजे बस्नेछ। यस कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन भने सभाका लागि मंसिर १२ गते बुक क्लोज गरिसकेको छ।

शुभम पावरको ११औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा अपरान्ह साढे १२ बजे बस्नेछ। यस कम्पनीले पनि लाभांश प्रस्ताव गरेको छैन भने सभा प्रयोजनार्थ मंसिर १४ गते एक दिन बुक क्लोज गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*