ङादी ग्रुप पावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२५ मंसिर २०८२, बिहीबार १५:०८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै आजपनि कारोबार रकम घटेको छ । बिहीबार विभिन्न सेक्टरका ३२६ वटा कम्पनीहरुको ७७ लाख ६८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ तीन अर्ब ४९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार ङादी ग्रुप पावरको १८ करोड ९७ लाख रुपैयाँ, श्रीनगर एग्रिटेकको १२ करोड ३५ लाख रुपैयाँ, सागर डिस्टीलरीको नौ करोड ६५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*