एसवाई प्यानल र स्वस्तिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट
२५ मंसिर २०८२, बिहीबार १५:१८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ९८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, श्रीनगर एग्रीटेकको ५.९९ प्रतिशत, मोलुङ हाइड्रोपावरको ३.९१ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सको २.६० प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।














