कञ्चनपुर बेलडाँडीमा भ्रष्टाचार: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर

२५ मंसिर २०८२, बिहीबार १५:२५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दामा जोशीसहित सब–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

अभियोगपत्रका अनुसार बेलडाँडी गाउँपालिका–२ बस्ने शान्ति नाथले वडा नम्बर २ मा रहेको कित्ता नम्बर ३५७, क्षेत्रफल ४ सय वर्गमिटर जग्गामा वास्तवमै नभएको घर छ भनी नक्सा तयार गराएका थिए। सोही आधारमा घर–जग्गा धितो राखी लक्ष्मी सनराइज बैंकबाट ऋण लिएको अभियोगपत्रमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*