खजुरीको पफ गुणस्तरहिन रहेको स्वीकार

२५ मंसिर २०८२, बिहीबार १५:३७

काठमाडौं । खजुरीको नेपाल प्राइभेट लिमिटेडले उत्पादन गरेको पफ गुणस्तरहिन रहेको कम्पनीले स्वीकार गरेको छ । कम्पनीले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै उत्पादनको शिलशिलामा गल्ती भएको स्वीकार गरेको छ ।

कम्पनीले गुणस्तरहिन रहेका पफहरु बजारबाट फिर्ता लिसकेको जनाएको छ । कम्पनीबाट भएको त्रुटी थाहाँ पाएपछि उक्त ब्याचमा उत्पादित सबै पफ फिर्ता लिएर आउँदो दिनमा ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै गुणस्तरी पफ उत्पादन गरी बजारमा पठाएको कम्पनीले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रा.लि.ले उत्पादन गरेको ‘पफ’ बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो । विभागले परीक्षण गर्दा उक्त पफमा मानव स्वास्थ्यका लागि हानिकारक औद्योगिक ट्रान्स फ्याट निर्धारित सीमाभन्दा धेरै मात्रा भेटिएको जनाएको थियो ।

खाद्य विभागले ललितपुर, गोदावरी–१० स्थित उद्योगले उत्पादन गरेको ब्याच नम्बर बी १ थ्री ए र बी १ फाइभ ए का पफ तुरुन्त फिर्ता लैजान र थप बिक्री नगर्न भनेको थियो । विभागले यसलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गर्दै बजारमा उपभोक्ताको स्वास्थ्य सुरक्षा प्राथमिकता रहेको स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*