वाणिज्य र विकास बैंकले कार्यालय सञ्चालनमा खर्च गरे १३ अर्ब १७ करोड, कुनले कति ? (तथ्याङ्कसहित)

काठमाडौँ । चार महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा १३ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक र १७ विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को कात्तिक मसान्तसम्मको अवधिमा कार्यालय सञ्चालनमा १३ अर्ब १७ करोड ६५ लाख ८० हजार रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गरेको हो ।
यसअवधिमा वाणिज्य बैंकहरुले मात्रै कार्यालय सञ्चालनमा ११ अर्ब ६४ करोड ६७ लाख ८० हजार रुपैयाँ खर्च गरेको देखिएको हो । चार महिनामा सर्वाधिक कार्यालय सञ्चालन खर्च गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले यसअवधिमा १ अर्ब ६ करोड ५७ लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेको हो ।
चार महिनाको अवधिमा कार्यालय सञ्चालनमा क्रमशः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८० करोड ८७ लाख, लक्ष्मी सनराइज बैंकले ८० करोड ८४ लाख, एनआईसी एशिया बैंकले ७७ करोड ९७ लाख, नबिल बैंकले ७६ करोड ३१ लाख, सिद्धार्थ बैंकले ७१ करोड २५ लाख, प्रभु बैंकले ७० करोड ७ लाख, हिमालयन बैंकले ६७ करोड ६९ लाख, एनएमबि बैंकले ५५ करोड ६४ लाख, कुमारी बैंकले ५५ करोड ४२ लाख, एभरेष्ट बैंकले ५३ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ५३ करोड ३८ लाख, कृषि विकास बैंकले ५० करोड १२ लाख, सिटिजन्स बैंकले ४४ करोड ९५ लाख, सानिमा बैकले ४४ करोड ७८ लाख, नेपाल बैंकले ४२ करोड ११ लाख, माछापुच्छ्रे बैंकले ४१ करोड ६५ लाख, नेपाल एसबिआई बैंकले ३५ करोड २३ लाख, प्राइम बैंकले ३४ करोड ४० लाख र स्टान्र्डट चार्टड बैंकले २१ करोड ८० लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेको हो ।
कार्यालय सञ्चालनमा विकास बैंकले साढे १ अर्ब खर्च
चालु आर्थिक वर्षको चार महिनामा विकास बैंकहरुले कार्यालय सञ्चालनमा १ अर्ब ५२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । विकास बैंकमा सर्वाधिक कार्यालय सञ्चालनमा खर्च गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले २७ करोड २० लाख रुपैयाँ खर्च गरेको हो ।
साथै, गरिमा विकास बैंकले २२ करोड ३ लाख, ज्योति विकास बैंकले १७ करोड १४ लाख, सांग्रिला डेभलपमेन्ट बैैंकले १६ करोड २३ लाख, कामना सेवा विकास बैंकले १५ करोड ५१ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ करोड २६ लाख, महालक्ष्मी विकास बैंकले १३ करोड ७३ लाख र लुम्बिनी विकास बैंकले ८ करोड ९१ लाख कार्यालय सञ्चालनमा खर्च गरेका छन् ।
यसअवधिमा कार्यालय सञ्चालनमा सप्तकोशी डेभलपमेन्ट बैंकले ५ करोड ४८ लाख, एक्सेल डेभलपमेन्ट बैकले ४ करोड ३९ लाख, सिन्धु विकास बैंकले २ करोड २७ लाख, ग्रिन डेभलपमेन्ट बैंकले १ करोड ५० लाख, मितेरी डेभलपमेन्ट बैकले १ करोड २८ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ९९ लाख, नारायणी डेभलपमेन्ट बैंकले ७१ लाख, सालपा डेभलपमेन्ट बैंकले ६९ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले ६० लाख रुपैयाँ खर्च गरेका छन् ।

१३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफाः चार महिनामा कमाए साढे १९ अर्ब, कुनको कति ?













