वैवाहिक वर्षगाठमा श्रीमतीलाई नेशनल लाइफको बीमा पोलिसी उपहार

२५ मंसिर २०८२, बिहीबार १६:२८

काठमाडौं । उपहारमै जोखिम रक्षावरण गर्ने बीमा पोलिसी पाउन थालेपछि पाउनेलाई पनि जीवनभर दिनेलाई पनि जीवनभर नै खुशी हुने भएन त? पछिल्लो समय बीमा क्षेत्रमा लागेका बीमाकर्मीहरुले विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

महंगा सुन, गहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च आफू मात्रै नभई आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिने संस्कृति वास्तवमै मानव जीवनको लागि निकै महत्वपूर्ण छ । यसैबीच काठमाडौं सामाखुसीस्थित ‘डिजाइन फेशन कलेक्सन’ का सञ्चालक बगुवा गोरखा निबासी सुमन श्रेष्ठले आफ्नो श्रीमती चम्फा श्रेष्ठलाई बीमा पोलिसी उपहार दिएका छन् । उनले वैवाहिक वार्षिकोत्सवको अवसरमा उक्त बीमा पोलिसी उपहार दिएका हुन् ।

उनले नेशनल लाइफ इन्स्योरेन्सको २० लाख रुपैयाँ बीमांकको १५ बर्षे अमृतश्री योजना बीमा उपहारस्वरूप दिएका हुन् । नेशनल लाईफ इन्स्योरेन्सका चिफ बिजिनेस मेनेजर सुमन श्रेष्ठले बेलैमा जीबनबीमा गरेमा आफ्नो र परिबारको आर्थिक सुरक्षा हुने र ढुक्कले जिउन सकिने कुरा बताए।

नेशनल लाइफ इन्स्योरेन्स कलन्की शाखाका प्रमुख रामचन्द्र घिमिरेले आजकाल बीमाको महत्व जनमानसले बुझ्दै गएको र अन्य जिन्सी सामग्री भन्दा बचत र सुरक्षा प्रत्याभूत हुने जीबनबीमा नै उपहारको रुपमा दिने प्रचलन लोकप्रिय हुँदै गएकोले सवैलाइ बीमाको दायरामा आउन आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*