एनपीएल क्वालिफायरमा अचानक टिकट २ हजार पुगेपछि एनसेल र रेडबुल जोन खाली

२५ मंसिर २०८२, बिहीबार १७:३१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा आयोजकले पूर्वसूचना बिना टिकट शुल्क बढाएपछि दर्शकहरू बीच तीव्र असन्तुष्टि देखिएको छ। साधारण जोनका टिकटलाई भीआईपी श्रेणीमा रूपान्तरण गरी मूल्य दोब्बर भन्दा बढी बनाइएपछि एनसेल जोन र रेडबुल जोन लगभग खाली देखिएका छन्।

बिहिबार भएको खेलमा अधिकांश कुर्ची खाली रहे । यसअघि साधारण सिटका लागि ५०० रुपैयाँ शुल्क लिइँदै आएकोमा प्लेअफको खेलमा १००० रुपैयाँ लिने व्यवस्था गरिएको थियो। तर, क्वालिफायर खेलमा कुनै जानकारी नदिई टिकट शुल्क २ हजार रुपैयाँ पुर्‍याएको भन्दै दर्शकहरू विरोधमा उत्रिएका छन्।

दर्शकले सामाजिक सञ्जालमार्फत आयोजकको पारदर्शिता र दर्शकमैत्री प्रणालीप्रति गम्भीर प्रश्न उठाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*