नेपाली सेनाले खुलायो ठूलो संख्यामा भर्ना
२६ मंसिर २०८२, शुक्रबार ०७:२८

काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई, विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूमा ३८८ जनाका लागि नयाँ भर्ना खुलाएको छ।
सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ्ग, अन्य प्राविधिक, अन्य हवाई, लेखा, पुजारी, कर्मचारी समूहमा नयाँ भर्ना खुलाएको हो। यसमा आज मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ।
दरखास्त नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भर्याङ्ग, स्वयम्भुमा पेश गर्नु पर्नेछ। सम्बन्धित समूहहरूका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्।















