प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा
२६ मंसिर २०८२, शुक्रबार ०७:४४

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी समिरन राईको नाममा रहेको ९७ हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकेको छ। यसमा संस्थापक शेयरधनी व्यक्ति/संस्थाले निवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।














