अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
२६ मंसिर २०८२, शुक्रबार ०८:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुग्दै एक डलरको खरीददर १४४.३० रुपैयाँ र बिक्रीदर १४४.९० रुपैयाँ कायम भएको छ।
यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९६.१० रुपैयाँ र बिक्रीदर ९६.५० रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०४.६१ रुपैयाँ र बिक्रीदर १०५.०४ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३५.११ रुपैयाँ र बिक्रीमूल्य ३५.२६ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८० रुपैयाँ र बिक्रीमूल्य ९.८५ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४७०.४० रुपैयाँ र बिक्रीमूल्य ४७२.३६ रुपैयाँ निर्धारण भएको छ।














