कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा लाभांश घोषणा

२६ मंसिर २०८२, शुक्रबार १०:२७

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्रै शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*