सरकार र जेनजीबिचको १० बुँदे सम्झौता राजपत्रमा प्रकाशित

२६ मंसिर २०८२, शुक्रबार ११:२५

काठमाडौं। ‘जेनजी’ जनआन्दोलनका प्रमुख मागहरू सम्बोधन गर्ने उद्देश्यसहित नेपाल सरकार र जेनजी पक्षबीच १० बुँदे विस्तृत सम्झौता सम्पन्न भएको छ। गत भदौ २३ र २४ गते भएका आन्दोलनपछि निरन्तर उठाइँदै आएका मागहरूलाई सम्बोधन गर्न सरकारले बुधबार उक्त सम्झौता गरेको हो।

सरकारको निर्णयअनुसार सम्झौतापत्र मंसिर २४ गते नेपाल राजपत्रमार्फत सार्वजनिक गरिएको छ। राजपत्रमा सम्झौता दुवै पक्ष नेपाल सरकार र जेनजी जनआन्दोलनका प्रतिनिधिहरू बीच आपसी सहमतिमा तयार पारिएको उल्लेख छ। साथै, सम्झौतापत्र मुद्रण विभागद्वारा प्रमाणीकरण भएपछि मात्र औपचारिक रूपमा लागू हुने राजपत्रमा स्पष्ट गरिएको छ।

सरकार र आन्दोलनकारीबीच भएको १० बुँदे सहमतिले आन्दोलन क्रममा उठाइएका मागहरू समाधानतर्फ अघि बढेको संकेत दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*