चार नयाँ मन्त्री थप्ने प्रम कार्कीको निर्णय, आजै चार बजे शपथ

२६ मंसिर २०८२, शुक्रबार ११:५९

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री थप गर्ने निर्णय गरेकी छिन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आजै अपरान्ह ४:०० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

नयाँ मन्त्री बनेकाहरुमा नेपाली कांग्रेस निकट अपाङ महासंघका अध्यक्ष माधव चौलागाई, काठमाडौं स्कूल अफ ल का डा. कुमार इङनाम, नेपाल प्रहरीका पूर्व एआईजीपी राजेन्द्र सिंह भण्डारी र नेपाल पर्यटन बोर्डकी पूर्व कर्मचारी श्रद्धा श्रेष्ठ रहेकी छिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*