पाल्पामा फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु
२६ मंसिर २०८२, शुक्रबार १३:०६

काठमाडौं । नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको फोर्स गाडी पाल्पामा दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन्।
लु १ ज ३९०८ नम्बरको गाडी पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ स्थित चिउरीबासमा दुर्घटना भएको हो। दुर्घटनामा परी ज्यान गुमाउने ३ जनै महिला रहेका छन् भने कम्तीमा ५ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि नवलपुरतर्फ पठाइएको छ भने ज्यान गुमाउनेहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। गाडी उकालोमा घुम्ती मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करीब १२ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।













