८ जीवन बीमकको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीमा बीमा गर्दा पाइन्छ सबैभन्दा बढी बोनस ?

काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ८ वटा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८१–०८२ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार जारी गरेका बीमा पोलिसीहरुमा लागु हुनेछ र सोही अनुसार बीमितहरुले पाउने छन् ।
हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, मेट लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले बोनशदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०८१–८२ को लागि यी बाहेकका अन्य ६ जीवन बीमा कम्पनीहरुले चाँही अझै पनि बोनसदर सार्वजनिक गरेका छैनन् ।
८ जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।
कम्पनीहरुले घोषणा गरेको बोनशदर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनश दर कायम हुने जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले अधिकतम् ८५ रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले अधिकतम् ९० रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले ८० रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७५ रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्सले ८० रुपैयाँसम्म बोनश घोषणा गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स अनुसार कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवन उदय एकल बीमालेखहरूमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।
त्यसैगरी नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा योजनामा ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म, जीवन समुन्नत बीमा योजनामा ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म, सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १ / विकल्प २) मा ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म, केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म र केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म बोनस दिने भएको छ।
यता सावधिक तथा आजीवन बीमालेखको जीवन साहारा र अनमोल जीवन बीमालेखमा ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमालेखको जीवन सम्वृद्धि–१५ वर्ष र जीवन सम्वृद्धि–२० वर्ष बीमालेखमा समान ५६ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेखका धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन समुन्नति, छोराछोरी सदाबहार जीवन र नौलो जीवन सम्वृद्धि बीमा योजनामा पनि समान ५६ रुपैयाँ र अन्य (जीवन सारथी) बीमा योजनामा न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस बीमितले पाउने भएका छन्।
नेशनल लाइफ इन्स्योरेन्सका अनुसार सावधिक बीमा योजना अन्तर्गतका बच्चाको शिक्षा एवं विवाह बीमा योजना, सामूहिक सावधिक अमृत बीमा योजना, भविष्य वृत्ति बीमा योजना, दम्पति अमृत सावधिक बीमा योजना, एकल सावधिक अमृत बीमा योजना, बचत अमृत सावधिक बीमा योजना, सावधिक अमृत बीमा योजना, सन्जीवनी अमृत सावधिक बीमा योजना, एकल सन्जीवनी सावधिक बीमा योजना र जीवन श्री सावधिक आजीवन बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिइने भएको छ।
त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गतका अग्रिम भुक्तानी सावधिक बीमा योजना, बाल भाग्योदय अग्रिम भुक्तानी बीमा योजना, अमृत वर्षा अग्रिम भुक्तानी सावधिक बीमा योजना, एकल अमृत वर्षा अग्रिम भुक्तानी सावधिक–२ र अमृत श्री अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन्।
यता सावधिक तथा आजीवन बीमालेख अन्तर्गतको जीवन अमृत आजीवन सावधिक बीमा योजनामा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म, बाल अमृत सावधिक जीवन बीमालेख अन्तर्गतका बाल अमृत सावधिक बीमा योजना–१,२,३,४ र एकल बाल अमृत सावधिक बीमा योजनाका सबै बीमा अवधिमा समान ६० रुपैयाँ र अग्रिम भुक्तानी आजीवन बीमालेख अन्तर्गतको अमृत श्री अग्रिम भुक्तानी आजीवन बीमालेखका सबै बीमा अवधिमा पनि समान ६० रुपैयाँ प्रतिहजारका दरले बोनस दिइने भएको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको स्वीकृत बिमाङ्किय मूल्यांकन अनुसार कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ, बार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने भएको छ ।
कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँ सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनि बन्दै आइएसओ ९००१ – २०१५ द्वारा बिभूषित भएको एकमात्र जीवन बीमा कम्पनि बन्न सफल पनि भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीबाट मुनाफामा सरिक हुने अर्थात् बोनस आर्जन गर्ने गरी जारी गरिएका सबै बीमालेखहरूमा गत आवको लागि न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर तोकिएको छ। बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्ता मूल्य दाबी र चालू बीमालेखहरूमा लागू हुने र अर्काे बीमांकीय मूल्यांकन प्रतिवेदन बमोजिम प्राधिकरणबाट अर्काे व्यवस्था गर्न स्वीकृत नभएसम्म यही बोनसदर कायम रहनेछ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँसम्म र सिटिजन शुभारम्भ योजना (सावधिक बीमालेख) मा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ।
त्यस्तै कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख), सिटिजन बालप भविष्य योजना प्लस (सावधिक बीमलेख) मा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म र सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीव्न बीमालेख) मा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिनेछ।
आइएमई लाइफ इन्स्योरेन्सका अनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने बीमालेखहरूमा गत आवको लागि न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर तोकिएको छ। साथै बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र आगामी बीमांकीय मूल्यांकन नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीले सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा बीमा अवधि (वर्ष) अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस (प्रति हजार) तोकेको छ। त्यसैगरी सामूहिक सावधिक बीमा योजनामा ३२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमा योजनामा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
अर्काे बीमा योजना अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) मा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म, बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने भएको छ।
त्यसैगरी वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस) बीमा योजनाका सबै बीमा अवधिका लागि समान २२ रुपैयाँ र वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म कम्पनीले बोनस दिने भएको छ।
मेट लाइफ नेपालले अग्रिम भुक्तानी बीमा योजनामा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, शिक्षा संरक्षण योजना बीमामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र माइ चाइल्ड एजुकेशन प्रोटेक्शन प्लानमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनसदर दिने भएको छ ।
यो बोनसदर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरूमा लागू हुने कम्पनीले जनाएको छ। साथै अर्काे बीमांकीय मूल्यांकन अनुसार नेपाल बीमा प्राधिकरणबाट अर्काे व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरूमा समेत सोही बोनसदर लागू हुने कम्पनीले स्पष्ट पारेको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स अनुसार सनलाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बीमितले बोनस पाउने भएका छन्। त्यसैगरी भाग्योदय जीवन बीमालेखमा ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बीमितलाई बोनस दिइने भएको छ।
यता बाल समृद्ध जीवन बीमालेखमा ३३ रुपैयाँदेखि ६० रुपैयाँसम्म, सावधिक सुनौलो जीवन बीमालेखमा ३६ रुपैयाँदेखि ५५ रुपैयाँसम्म, सुनौलो बाल समृद्ध जीवन बीमालेखमा ३३ रुपैयाँदेखि ६० रुपैयाँसम्म, नवीन आजीवन जीवन बीमालेखमा ३८ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनस पाउने भएका छन्।
त्यसैगरी १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा ४० रुपैयाँ, धनधान्य जीवन बीमालेखमा समान २५ रुपैयाँ, धनलक्ष्मी जीवन बीमालेखमा समान २५ रुपैयाँ, धनञ्जय जीवन बीमालेखमा र नव धनलक्ष्मी जीवन बीमालेमा पनि समान २५ रुपैयाँ प्रतिहजारका दरले बीमितले बोनस पाउने भएका छन्।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अनुसार कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रति हजारका दरले बोनस दिने भएको छ। यता सावधिक जीवन बीमा योजना (एकल) मा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
त्यसैगरी त्रिपल सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म, दम्पत्ति सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले अग्रिम भुक्तानी योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म, मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कका सबै बीमा अवधिमा समान २४ रुपैयाँ बोनस दिने भएको छ।
यता मुद्दति सुरक्षण बीमा योजना–एकल शुल्कका सबै बीमा अवधिमा समान ५४ रुपैयाँ, १५ वर्षे अग्रिम भुक्तानी योजनाका सबै बीमा अवधिमा समान ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामाका सबै अवधिमा समान ४५ रुपैयाँ र रूपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाका सबै बीमा अवधिमा पनि समान ३० रुपैयाँ बोनस बीमितले पाउने भएका छन्।
कम्पनीले सामूहिक सावधिक बीमा योजनाका सम्पूर्ण बीमा अवधिमा समान २० रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म, सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म, सीमित भुक्तानी सावधिक बीमा योजनामा ४० रुपैयाँदेखि ६५ रुपैयाँसम्म, बाल सावधिकको एउटा बीमा योजनामा २२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म र अर्काे बीमा योजनामा २० रुपैयाँदेखि ३४ रुपैयाँसम्म बोनस दिने भएको छ।













