लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

२८ मंसिर २०८२, आईतवार ०६:५२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबार पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे २६औं वार्षिक साधारणसभा बोलाएको छ।

बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी संस्थापक शेयरधनीको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकूल संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ बुक क्लोजको आधारमा पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*