लाभांश पारित गर्न साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजे २४औं साधारणसभा बोलाएको छ।
साधारणसभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १४.२५ २५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश शेयरधनीहरूमा वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस ८ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।













