जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति?
२८ मंसिर २०८२, आईतवार १०:१९

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरको छ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिनेछ।
1765534702078












