रिडारा ईभी पिकअपमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा, एक्सचेन्जमा ३ लाखसम्मको टपअप

२८ मंसिर २०८२, आईतवार १३:२४

काठमाडौं । ईभी पिकअप ब्रान्ड रिडाराले ग्राहकलाई लक्षित गरी सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, यस अफर अन्तर्गत ग्राहकहरूले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र पुराना सवारीको एक्सचेन्जमा तीन लाख रुपैयाँसम्मको टप-अप लाभ प्राप्त गर्न सक्नेछन्।

यसै अवसरमा रिडाराले ‘टेस्ट ड्राइभ फिल थ्रिल अल डे’ क्याम्पेन पनि सञ्चालन गरिरहेको छ, जसअन्तर्गत ग्राहकहरूले दिनभरको टेस्ट ड्राइभमार्फत रिडारा ईभी पिकअपको प्रदर्शन, आराम र वास्तविक ड्राइभिङ अनुभव नजिकबाट अनुभव गर्न सक्नेछन्।

कम्पनीले जनाएको छ कि नेपालका विभिन्न भू-भागलाई ध्यानमा राखेर डिजाइन गरिएको रिडारा ईभी पिकअपमा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश गरिएको छ। २डब्ल्यूडी भेरियन्ट सहर र हाइवे ड्राइभका लागि स्मूथ र किफायती छ भने ४डब्ल्यूडी भेरियन्ट कठिन भू-भाग र अफ-रोड यात्रामा थप ट्र्याक्सन र नियन्त्रण सुनिश्चित गर्ने गरी तयार गरिएको छ।

विशेष अफरमा नगद छुट, १ वर्ष निःशुल्क रोड ट्याक्स, १ वर्ष निःशुल्क बीमा, सजिलो फाइनान्सिङ सुविधा र निश्चित एक्सचेन्ज भ्यालुएसन समावेश गरिएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*