कुमारी बैंकको संस्थापक शेयरको उच्च खरिद–बिक्री, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२८ मंसिर २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ३३० वटा कम्पनीहरुको एक करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ कुल चार अर्ब ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज कुमारी बैंकको संस्थापक शेयरको २६ करोड १८ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको १८ करोड ८७ लाख रुपैयाँ, शिवम् सिमेन्टको सात करोड ८९ लाख रुपैयाँ, श्रीनगर एग्रोटेकको सात करोड ७० लाख रुपैयाँ र बुटवल पावर कम्पनीको सात करोड चार लाख रुपैयाँको शेयर कारोबार भएको छ ।














