एसवाई प्यानल र स्वस्तिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

२८ मंसिर २०८२, आईतवार १५:१७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आइतबार विभिन्न सेक्टरका ५६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज एनएमबि माइक्रोफाइनान्स, अप्पर स्याङ्गे हाइड्रोपावर, झापा इनर्जी, नाडेप लघुवित्त लगायतको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*