सीआईबी अनुसन्धानकै बीच प्रभु बैंकका २ जना संस्थापक शेयरधनीले बिक्रीमा राखे शेयर

काठमाडौं । प्रभु बैंकका दुई जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री प्रक्रियामा लगेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेकै समयमा बैंकका संस्थापक शेयरधनी सन्ध्या थापा क्षेत्री र प्रताप श्रेष्ठले शेयर बिक्रीका लागि निवेदन दिएका हुन्।
बैंकका अनुसार संस्थापक शेयरधनी मञ्जु थापा क्षेत्री र प्रताप श्रेष्ठले आफ्नो नाममा कायम संस्थापक शेयर बिक्री गर्न इच्छुक भई आवश्यक प्रक्रिया पूरा गरी बैंकसमक्ष निवेदन पेश गरेका थिए। सोही आधारमा बैंकले संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाका लागि १५ दिने सूचना प्रकाशित गरेको हो।
मञ्जु थापा क्षेत्रीको नाममा रहेको १६ हजार ८८ कित्ता र प्रताप श्रेष्ठको नाममा रहेको ६ हजार ८५२ कित्ता गरी कुल २२ हजार ९४० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ।













