निवर्तमान अर्थ समितिका सभापति चालिसे माथि लाग्यो भ्रष्टाचारको मुद्धा, के हो काण्ड ?

२८ मंसिर २०८२, आईतवार १६:०९

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाका पूर्व प्रमुख समेत रहेका चालिसेले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले चालिसेसँगै उनकी श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर चालिसे र सन्दीप चालिसे तथा बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाएर मुद्दा पेश गरेको छ।

चालिसे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। संसद विघटन हुनुअघिसम्म उनी प्रतिनिधिसभाको अर्थ समितिको सभापति समेत रहेका थिए।

अख्तियारले सार्वजनिक पदमा रहँदा आय–व्ययको तुलनामा अस्वाभाविक रूपमा सम्पत्ति आर्जन भएको देखिएको निष्कर्षसहित गैरकानूनी रूपमा आर्जित सम्पत्ति जफत गरी कानुनअनुसार सजायको माग गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*