जीवन बीमाले फेरिएको सुन्दर घिमिरेको जिन्दगी, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका सुन्दर घिमिरेले संघर्षको राजमार्गमा आफ्ना पाइलाहरू अगाडि बढाइरहेका छन् ।
पाल्पा जिल्लाको तत्कालीन बाराङ्गी गाउँ विकास समिति वडा नम्बर ८ मा २०३८ साल पुष २२ गते जन्मिएका सुन्दर घिमिरे यति बेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरको रूपमा आवद्ध भएका छन् ।
सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दीक्षित घिमिरे छोटो अवधिमै उत्कृष्ट एजेन्सी बन्न सफल भइसकेका छन् । मिठो बोलीवचन, नम्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान र लेखाजोखा सम्बन्धिको आर्थिक जानकारी तथा अनुभवको उपयोगबाटै घिमिरेले सिटिजन लाइफमा आबद्ध भएको छोटो अवधिमै सयौं नागरिकको जीवन बीमा गराउन सफल भएका छन् ।
आफ्नै निजी व्यवसायका साथै लोखाजोखा गरी दिनचर्या बिताइरहेका घिमिरे आजभोलि जीवन बीमा गर्न निकै व्यस्त छन् । ‘मैले आजकल विभिन्न तालिमहरु लिए, सामाजिक सञ्चालको प्रयोग तथा निकै अध्ययन खोज अनुसन्धान गरेपछि मलाई बीमा क्षेत्र निकै मन परेको छ । मैले साथीभाई तथा आफन्तहरुलाई समय निकालेर सम्झाउदै बीमा गर्ने गरेको छु।’ उनले भने ।

‘अहिले मानिसहरुको बानी चाँडो फाइदा खोज्ने, उत्तिखेरै पैसा रिटन चाहिने जस्तो बनिसकेको छ । मानिसहरुमा धैर्यता निकै कम रहेको छ । जसले जीवन बीमा जस्तो लामो समयसम्म लगानीका साथै बचत दिने कुरालाई असर परेको छ ।’ घिमिरेले भने ।
आफ्नै नीजि व्यवसाय सञ्चालन गरी दिनचर्या बिताइरेहका घिमिरेलाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो तर त्योभन्दा ठूलो आँट, विश्वास र सफल भएरै छाड्ने उनमा दृढता थियो । त्यही दृढताले आज उनलाई सिटिजन लाइफको व्यवसायिक तथा सफल एजेन्सी म्यानेजरको रूपमा सबैले चिनेका छन् ।
जीवनमा आइपरेका हजारौं बाधा, अड्चनलाई आत्मसात् गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सको बुटवल शाखाका एजेन्सी म्यानेजर सुन्दर घिमिरेले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् । बीमा अभिकर्ता पेशा अँगाल्न जति सहज र सजिलो छ यसमा व्यवसायिक सफलता प्राप्त गर्न त्यति नै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले घिमिरेलाई निकै सहयोग गरेको छ ।
सानैदेखि पढाई लेखाइमा रुची राख्ने घिमिरेले भैरहवाको बृहस्पती कलेजबाट स्नाकोेत्तर तह उत्तिर्ण गरेका छन् । साथै, सिए तथा आइटी क्षेत्रको समेत अध्ययन गरेका उनलाई वित्तीय क्षेत्र र वित्तीय लगानीको राम्रो ज्ञान रहेको छ ।

गाउँ समाजमा एक असल नागरिकको परिचय बनाएका उनले विभिन्न आर्थिक अभाव भोगिरहेकाहरूलाई समेत सहयोग गरेर समाजसेवी तथा अधिकारकर्मीको रूपमा समेत आफ्नो परिचय बनाएका छन् । आफ्नै व्यवसायमा मस्त रहेका घिमिरेलाई जीवन बीमा क्षेत्रमा पहिला कुनै पनि रुचि थिएन् । उनले भने, ‘मलाई पहिला यो बारेमा केही थाहाँ थिएन् । मलाई मेरो साथी राजेश थापाले बीमा गर्नको लागि निकै चोटी कर गर्नुभयो । कति समय त मैले उहाँको कल समेत उठाएन् । उहाँले मेरो बीमा गरिदिनु भयो । पछि उहाँकै सल्लाह बमोजिम बीमा व्यवसायमा आएको हु।’
‘२०७७ सालको मंसिर महिनामा आधिकारीक रुपमा अभिकर्ता लाइसेन्स ल्याएर बीमा व्यवसायको नयाँ यात्रा सुरु गरेको थिए । आम नागरिकहरुले यथार्त कुरा नबुझिकनै कुनै विषयमा आफ्नो सोचाई नै नकरात्मक बनाइदिन्छन् । बीमाको सन्दर्भमा पनि यही भएको छ । मानिसले पढ्नु, खोज अनुसन्धान गर्नु केही छैन् । तर, हावाको तालमा नकारात्मक धारणा दिदै हिड्छन् । जुन एकदमै गलत कुरा हो ।’
‘शुरुवाती समयदेखि नै बीमा सम्बन्धी नकारात्मक धारणा भएको मान्छे म अहिले बीमा बुझेपछि यहि पेशालाई अँगालेको छु ।’ उनले भने, ‘बीमा क्षेत्रमा आएपछि आफ्नो निश्चित उद्देश्य तथा लक्ष्य बनाएर अघि बढ्नुपर्छ । यसैमा धेरै पैसा छ र अर्को कुरा विदेश जान आवश्यक नै छैन् ।’
सिटिजन लाइफ इन्स्योरेन्स प्रवेश भएसँगै उनले आजसम्म सयौं बढी नागरिकहरूको जीवन बीमा गरी उनीहरूको जोखिमको रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन् । उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर आमा बुवाका लागि एक असल छोरा र श्रीमतीको लागि एक असल तथा जिम्मेवार श्रीमान् बन्न सफल भएका छन् । ‘आफ्नो घरपरिवारसँग दुःख सुख बिताउँदै कसैको करकाप सहनु नपर्ने र कुनै लगानी गर्नु नपर्ने, स्वतन्त्र रूपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो । जसले मलाई यसमा आकर्षित बनाएको हो। यसमा साम दामका साथै इज्जत पनि छ ।’
घर परिवारको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेका घिमिरे अभिकर्ता पेशाप्रति गौरवान्वित महसूस गरेको अनुभव सुनाउँछन् । उनले यस अवधिमा सयौं नागरिकको बीमा गर्न सफल भएका छन् । ‘हाम्रो गाँउ समाजमा शहरको जस्तो मानिसहरूले ठूला–ठूला पोलिसी लिंदैनन् । त्यसो भएकाले मैले बीमितहरूको पारिवारिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै उहाँहरूका लागि सुहाउँदो बीमा पोलिसी मात्रै बिक्री गर्ने गरेको छु । आजकल मैले मेरो श्रीमतीलाई समेत यही पेशामा आवद्ध गराएको छु ।’
उनका अनुसार सिटिजन लाइफमा रहेको जीवन सारथी बीमा पोलिसी नागरिकको पहिलो रोजाइमा रहेको छ । नागरिकहरूले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरूको स्वभाव, इमान्दारिता, बानी व्यहोरा र समाजमा उनीहरूको स्थापित छबीलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । नागरिकहरूका कुरा सुनेर उनीहरूको बीमाप्रतिको नकारात्मक धारणा चिरेर अघि बढ्ने गरेको उनी बताउँछन् ।
सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूलाई प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफू खुशी रहेको उनले बताए । अभिकर्ता पेशा आम नागरिकहरूले सोचेको भन्दा निकै फरक रहेको उनको व्यक्तिगत अनुभव छ ।
सिटिजन लाइफमा प्रवेश गरेसँगै घिमिरेको जीवनमा आमूल परिवर्तन आएको छ । शुरूमा मानिसहरूसँग कुरा गर्दा समेत खुलेर बोल्न लजाउने उनी अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले बुटवल लगायत नेपालका सयौं नागरिकहरूको बीमा गरेर जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन् ।
उनले अभिकर्ताहरुलाई बीमा गराउँदा पछि डवल रकम फिर्ता आउन्छ भन्ने कुरा गर्नु निकै गलत भएको प्रतिकिक्रया दिएका छन् । बीमा गराउँदा खेरी बोनशदरका आधारमा रकम फिर्ता आउन्छ र बीमालेखका शर्त अनुसारको सेवा सुविधा पाइन्छ भनेर बीमा गराउँदा पछि कुनै पनि समस्या नपर्ने उनको धारणा छ ।













